२१ माघ, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले संवैधानि अंगहरुको नियुक्तिको बिषयलाई लिएर भोली देशभर आमहड्ताल गर्ने जनाएको छ । उनिहरुले संवैधानि अंगहरुको नियुक्तिको बिषयलाई ज्यादतीपूर्ण निरंकुश कदम समेत भनेको छ ।
आज राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले ‘प्रतिगामी षड्यन्त्रको कडी’ भन्दै भोलि विरोधस्वरुप आमहड्तालको आव्हान गर्नुभएको हो ।
विज्ञप्तिमार्फत नेकपा स्थायी कमिटी सदस्य पम्फा भुषालले भन्नुभयो,‘नेकपा असंवैधानिक रुपमा बलजफ्ती गरिएको संवैधानिक अंगहरुका पदाधिकारी र सदस्यहरुको नियुक्तिको ज्यादतीपूर्ण निरंकुश कदमको विरोधमा भोलि देशव्यापी आमहड्तालको आव्हान गर्दछ ।’
नेकपा दाहाल–नेपाल समूहले नियुक्ति र सपथलाई बलमिच्याई समेत भनेको छ । नेकपा दाहाल–नेपाल समुहले भनेको छ,‘यो प्रतिगामी षड्यन्त्रको कडी हो ।’
आज संवैधानिक अंगहरुमा नियुक्ति र सपथ भएको छ । ३८ जनाले सपथ लिई पदभार ग्रहण समेत गरेका छन् ।