१८ माघ, सिरहा । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई अब नेपालमा हिंसात्मक आन्दोलनको सपना नदेख्न चेतावनी दिनुभएको छ । शहीद हेमनारायण यादवको स्मृति दिवसलाई आज सिरहामा सम्बोधन गर्दै उहाँले त्यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो–‘उनीहरु बिगार्ने र भत्काउने कुरा गर्छन्, प्रचण्डले अस्ति भनेको तपाईहरुले सुन्नुभयो होला, अब शाकाहारी आन्दोलन गरेर काम छैन् ? भनेको मांशहारी आन्दोलन । मांशहारी भनेर के उहाँले चिकेन चिल्ली खान खोज्या हो ?, चिकेन चिल्ली खान त खोजेको होईन होला, उहाँले त मांशहारी मात्रै होईन आदमखोर आन्दोलन गर्न खोजेको हो ।’
ओलीले फरी प्रचण्डलाई प्रश्न गर्नुभयो– ‘उहाँले त मान्छे मार्ने आन्दोलन गर्न खोजेको हो । तर, म उहाँलाई भन्न चाहन्छु कि अबको नेपालमा त्यस्तो आन्दोलन सम्भव छैन् । कुनै दृष्टता नगर्नुहोला । हिजो केपी ओली प्रधानमन्त्री थिएन् । झुक्याईयो होला, झुक्याउन सफल हुनुभयो होला । धेरै युवाहरुलाई सुन्दर सपना देखाएर लडाईको मैदनामा होम्नुभयो होला ।’