काठमाण्डौँको वायु प्रदूषण सुधार हुदै

काठमाण्डौँको वायु प्रदूषण सुधार हुदै

२२ पौष, काठमाण्डौँ । काठमाण्डौँमा वायु प्रदूषणको स्तरमा सुधार आएको छ । मौसममा सुधार आएसँगै राजधानी काठमाडौं लगायत मुलुकका विभिन्न स्थानमा दुई दिनदेखि देखिएको वायु प्रदूषणको स्तर घटेको छ ।

केही दिन देखी वायु प्रदूषणको स्तर अत्यधिक बढेपछि सरकारले सूचना सार्वजनिक गरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वास र मुटुका बिरामीलाई सावधानी अपनाउन तथा सकेसम्म घर बाहिर ननिस्कन आग्रहसमेत गरेको थियो । माथि बादल र तल धुलोका कण जम्मा हुँदा धेरै तुवालो देखिएको थियो । भिजिबिलिटी पनि निकै कम रहेको थियो ।

आजदेखि मौसममा सुधार हुँदै आएको र केही स्थानमा मात्र थोरै बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं लगायत देशभरको मौसम सफा हुँदै गएको छ । पश्चिमबाट नेपाल प्रवेश गरेको पश्चिमी न्यून चापिय प्रणालीले केही दिन हिमाली भागमा हिमपात र काठमाडौँलगायत केही स्थानमा थोरै वर्षासमेत गराएको थियो ।

हिमपात र पानी पार्ने पश्चिमी न्यून चापीय प्रणाली नेपालमा कमजोर भएका कारण मौसममा सुधार आएको महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बतउनुभयो । सो प्रणालीसँगै वायुमण्डलमा भएका धुलोका कण पनि केही हदसम्म स्थानान्तरण भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270