संवैधानिक इजलासमा सहभागी नहुने न्यायाधीश हरिकृष्ण कार्कीको घोषणा

संवैधानिक इजलासमा सहभागी नहुने न्यायाधीश हरिकृष्ण कार्कीको घोषणा

२२ पौष, काठमाण्डौँ । प्रतिनिधिसभा बिघटनविरुद्ध परेको रिटमा गठन भएको संवैधानिक इजलासमा एकजना न्यायाधीशले नबस्ने घोषणा गरेका छन् । न्यायाधीश हरिकृष्ण कार्कीले इजसालमा नबस्ने घोषणा गर्नुभएको हो ।

कार्कीलाई इजलासमा राखिएपछि कानुन व्यवसायीहरुले प्रश्न गर्दै आएका थिए । उहाँ विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता नियुक्त गरिसक्नुभएको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लगायतले न्यायाधीश कार्कीलाई इजलासमा राखिएकोमा प्रश्न उठाउँदै आएका थिए । आज पनि उहाँले यसबारे प्रश्न उठाउनुभएको थियो ।

वरिष्ठ अधिवक्ताहरुले कार्कीमाथि प्रश्न उठाउँदा प्रधानन्याायधीश चोलेन्द्र शमशेर जबराले आफूलाई पनि ओलीले नियुक्त गरेको भन्छन् भनी प्रतिप्रश्न गर्नुभएको थियो । तर, वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रधानन्यायाधीश प्रधानमन्त्रीले नियुक्त नगर्ने स्पष्ट पार्नुभयो ।

बारम्बार कार्कीबारे प्रश्न उठेपछि प्रधानन्यायधीशसहित पाँचजना न्यायाधीश बहस रोकेर छुट्टै छलफलमा बसेका थिए । त्यसपछि कार्कीले मुद्दा नहेर्ने घोषणा गर्नुभयो ।

यसअघि प्रतिनिधिसभा बिघटनमाथि परेको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूसहित संवैधानिक इजलाशमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीलाई राख्नुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270