नेपाली सेनामा नयाँ भार्न खुल्यो

नेपाली सेनामा नयाँ भार्न खुल्यो

२१ पौष, काठमाण्डौँ । नेपाली सेनामा नयाँ भर्ना खुलेको छ । सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले विभिन्न पदमा जागिर खुलाएको जनकारी गराएको हो ।

लेखा जमदार, पूजारी हुद्दादेखि धोबीसम्म विभिन्न पदमा सोमबार सूचना निकालेर दरखास्त खुलाएको गरेको हो । लेखा जमदारमा ५० जनाको माग भएको छ । जसमा खुल्लातर्फ २७ जना छन् भने अरू समावेशीतर्फ माग भएको छ ।

पूजारी हुद्दा पदमा चार जनाको माग भएकोमा खुल्लातर्फ २ जना छ । अमल्दार कर्मचारीमा खुल्लातर्फ २८ जना माग भएको छ । समावेशीसमेत गरी यस पदमा ५३ जना माग गरेको हो ।

सबैभन्दा धेरै बन्दोबस्ती कार्य सिपाहीतर्फ माग भएको छ । खुल्लातर्फ ५० र समावेशी गरी कूल ९६ जनाको माग भएको जंगी अड्डाले जानकारी दिएको छ ।

यस्तै सुचिकार खुल्लातर्फ ६ र समावेशी गरी कूल १० जना माग भएको हो । कुचिकार पदमा भने खुल्लातर्फ २८ र समावेशी गरी कूल ५३ जना माग भएको छ।

चर्मकर्मी खुल्लातर्फ ६ जना र समावेशीसमेत गरी कूल ११ जना मागेको छ । जंगी अड्डाले लोहकार खुल्लातर्फ चार जना मागेको छ भने समावेशीसमेत गरी यस पदमा ८ जना माग भएको छ ।

खुल्लातर्फ १ जना धोबीसमेत गरी कूल २ जना धोबी मागेको छ । खुल्लातर्फ १ र समावेशीमा एक गरी २ जना केशकर्तक माग भएको जंगी अड्डाले जानकारी दिएको छ । यस खुल्लातर्फ ३ र समावेशी २ गरी कूल ५ जना माग गर्दै अड्डाले आवेदन खुला गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकहरूले दश रूपैयाँको टिकट टाँसेर दरखास्त गर्न सक्छन्। फारम नेपाली सेनाले निःशुल्क उपलब्ध गराउनेछ । यसबारे अड्डाले आजको गोरखापत्रमा सूचना निकालेर विस्तृत जानकारी दिएको छ । दरखास्त पुस २१ गतेदेखि माघ २१ गतेभित्र भरिसक्नुपर्ने अड्डाले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270