
१७ पौष, काठमाण्डौँ । राष्ट्रिय सभाको अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्थाअनुसार आज शुक्रबारदेखि अधिवेशन प्रारम्भ हुन लागेको हो । प्रतिनिधिसभा विघटन भएपछि पहिलोपटक सङ्घीय संसद्को एक मात्र सदनको अधिवेशन बोलाइएको हो । आज अपराह्न ४ बजेबाट अधिवेशन प्रारम्भ हुनेछ ।
सङ्घीय संसद् सचिवालयले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कोरोना जोखिम न्यूनीकरणका लागि अधिवेशन प्रारम्भअघि अघिल्लो अधिवेशनमा कायम रहेको आसनको व्यवस्था फेरिएको छ । यसअघि कायम रहेको भौतिक दूरीको प्रबन्धलाई पनि थप व्यवस्थित बनाइएको बताईएको छ ।
सचिवालयले अधिवेशन प्रारम्भको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरेको छ । हिजो बसेको कार्यव्यवस्था पराम र्श समितिको बैठकले सम्भावित कार्यसूची तय गरेको हो ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७