ओलीले अध्यादेश फिर्ता नलिए कडा कदम चाल्ने प्रचण्ड–माधव समूहको निष्कर्ष

ओलीले अध्यादेश फिर्ता नलिए कडा कदम चाल्ने प्रचण्ड–माधव समूहको निष्कर्ष


३ पौष, काठमाण्डौँ । प्रचण्ड–माधव समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता नलिए कडा कदम चालिने निष्कर्ष निकालेको छ ।

आज पेरिसडाँडामा प्रदेश–१ का आफु निकट नेकपा नेताहरुसँग भएको छलफल पछि सो निष्कर्ष निकालेको हो । प्रधानमन्त्री ओलीले पार्टीको सहमति विपरित हरेक काम गरेको र पटक पटक सहमति तोड्ने गरेको निष्कर्ष निकाल्दै सो अध्यादेश फिर्ता नलिए पार्टीले कडा कदम चालिने निष्कर्ष निकालिएको केन्द्रीय सदस्य जगनाथ खतिवडाले बताउनुभयो ।

सो भेलालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्न विभिन्न क्रियाकलापहरु गर्दै आएको आरोप लगाउनुभयो । प्रधानमन्त्री ओलीले पटक पटक पार्टी विभाजन गर्नु भयो र हामीले पटक पटक त्यसलाई जोगाएका छौं’, प्रचण्डले प्रदेश–१ का नेताहरुलाई भन्नुभयो, ‘प्रधानमन्त्री ओलीका अनुसार गरेको भए पार्टी उहिल्यै विभाजन भइसकेको हुन्थ्यो । तर हामीले पार्टी विभाजन हुन दिएनौं र हुन्न पनि दिन्नौं ।’

प्रधानमन्त्री ओलीले आफूसँग गरेको प्रतिवद्धतामा एक घण्टा पनि टिक्न नसकेको गुनासो बैठकमा गर्नुभएको थियो । बालुवाटारमा भेट हुँदा ओलीले अध्यादेश फिर्ता लिने, पार्टीको सहमति र छलफल अनुसार सबै कामलाई अगाडि बढाउने, यसअघि भएका नियुक्तिहरु फिर्ता लिने जस्ता प्रतिवद्धताहरु जनाउनुभएको थियो । तर स्थायी कमिटीको बैठक सकिने वित्तिकै ती सबै प्रतिवद्धतालाई बेवास्ता गरेको गुनासो उहाँले गनूभएको एक नेताले बताए ।

यस्तै प्रचण्ड र नेता नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको छ । तीन नेताबीच आज अपराह्न भेट भएको हो । भेटमा अध्यादेश प्रकरण र समसामयिक विषयमा छलफल भएको स्रोतले बताएको छ ।

तर दुबै पक्षले थप खुलाउन चाहेका छैनन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर