१ पौष, काठमाण्डौँ । ‘अध्यादेश प्रकरण’पछि नेकपाभित्रको आन्तरिक किचलो थप बढ्ने सङ्केत देखिएका बेला ओली पक्षका नेता शंकर पोखरेल कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न आज बिहानै खुमलटार पुग्नुभएको छ ।
प्रधानमन्त्रीसमेत रहनुभएका केपी शर्मा ओलीले हिजो पार्टी र नेताहरुसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याएपछि त्यसको चर्काे विरोध भइरहेको छ । खासगरी प्रचण्ड र उनीपक्षीय नेताहरुले असंवैधानिक ढंगले अध्यादेश ल्याएको भन्दै खारेज गर्न माग गर्नुभएको छ । प्रधानमन्त्री ओलीको कार्यशैलीको चर्काे विरोध भइरहेका बेला ओलीले पुन सहमति र छलफलबिनै अध्यादेश ल्याउपछि विवाद थप बढ्ने निश्चित भएका बेला ओली पक्षीय नेता तथा स्थायी समिति सदस्य पोखरेल प्रचण्ड भेट्न खुमलटार पुग्नुभएको हो ।
लुम्विनी प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका पोख्ररेल ओलीको दूतका रुपमा खुमलटार पुग्नुभएको स्रोतको दावी छ ।
आजै बस्ने स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता गर्न निर्देशन दिने तयारी नेताहरुले गरेको स्रोतको भनाई छ ।