पशुपतिनाथको मन्दिर आजदेखि खुल्यो

पशुपतिनाथको मन्दिर आजदेखि खुल्यो


१ पौष, काठमाण्डौँ । पशुपतिनाथको मन्दिर आजदेखि खुलेको छ । कोरोना संक्रमणका कारण भक्तजनका लागि मन्दिर ९ महिना देखी बन्द थियो ।

प्राचीनकालदेखि नियमितरुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि मन्दिर गत चैतदेखि बन्द रहदै आएको थियो । संक्रमणसंग बढ्दो दुरीसहित दर्शनार्थीलाई मन्दिर दर्शनको व्यवस्था मिलाइएको जनाइएको छ ।

मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी भक्तजनलाई दुई मिटरको दूरीमा राखेर दर्शन गराइनेछ । मन्दिर आजदेखि खुले पनि रसिद काटेर हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुने छैन ।

प्रतिक्रिया:

सम्बन्धित खवर