११ मंसिर, गुल्मी । गुल्मीको इश्मामा जिप दुर्घटना हुँदा एकै गाउँका ५ जनाको मृत्यु भएको छ । इश्मा गाउँपालिका ४ बाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप हुलको विद्यालय नजिकै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा इश्मा गाउँपालिका वडा नं. ४ हुलका ६५ वर्षका डम्बर बहादुर हितान, ३३ वर्षियका शिव बहादुर दर्लामी, ३३ वर्षका धन बहादुर अछामी, ३० वर्षका बसन्त दर्लामी र मालिका गाउँपलिका वडा नं. ५ की ८० वर्षीया सुन्दरी थापा रहेको प्रहरी नायव निरीक्षक मोहनलाल अधिकारीले बताउनुभयो ।
दुर्घटनामा घाइते भएका सोही स्थानका २८ वर्षकी सरस्वती दर्लामी र १९ वर्षका फर्सु थापा, २६ वर्षका कमल हितानको अवस्था गम्भिर रहेकोले उद्धार गरेर जिल्ला अस्पतालतर्फ पठाएको घटनास्थलबाट स्थानीय रामबहादुर कार्कीले बताउनुभयो ।
बिहान ७ः२० बजे भएको दुर्घटनामा जिप भिरबाट करिव ४ सय मिटर तल खसेको थियो । सवारी चालक इस्मा ४ बस्ने २४ बर्षका बुद्ध बस्नेतलाई नियन्त्रणमा लिइएको प्रहरिले जनाएको छ ।