ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन

ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन


१० मंसिर, काठमाण्डौँ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन सरकारले तत्कालका लागि स्थगन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो मंसिर २७ गते हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहनुभएका संञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार कोभिडका कारण अर्काे मिति नतोकिएसम्मका लागि ट्रेड युनियनको निर्वाचन निर्वाचन स्थगन भएको बताउँनुभयो ।

त्यसअघि सरकारले गत असोज २४ गते हुने तय गरे तापनि कोभिड सङ्क्रमणको जोखिमका कारण मंसिरलाई सारिएको थियो । ट्रेड युनियनको निर्वाचन त्यसअघि गत जेष्ठ १९ गते हुनुपर्ने थियो । कोरोना भाइरसको जोखिमका कारण निर्वाचन स्थगन हुँदै आएको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर