८ मंसिर, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज इलाम र ताप्लेजुङ्गको भ्रमणका लागि त्यस क्षेत्र तर्फ प्रस्थान गर्नुभएको छ । उहाँ हेलिकप्टर मार्फत दुई जिल्ला भ्रमणका लागि निस्कनुभएको हो ।
उहाँले ताप्लेजुङ्गमा चीनसँग सीमा जोडिएको ओलाङचुङगोलाको निरीक्षण गर्नुहुँने छ । यस्तै इलाममा पनि उहाँ स्थानीय कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको बताईएको छ ।
ओलीसँग पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ सहभागी हुनुहुन्छ । केही दिनअघि प्रधानमन्त्री ओली संखुवासभा भ्रमणमा जानुएको थियो ।-file photo.