५ मंसिर, काठमाण्डौँ । आज नेपालमा १९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या दुई लाख १६ हजार ९ सय ६५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आज पाँच हजार तीन सय ६४ जना संक्रमणमुक्त भएका छन् । आजसम्म एक लाख ९१ हजार दुई जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
हाल सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ । यो कूल संक्रमितको ११.४ प्रतिशत हो ।
यस्तै पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको कूल संख्या १२ सय ९८ पुगेको छ ।