नेकपा स्थायी कमिटी बैठक १८ र केन्द्रीय कमिटी बैठक २५ गते बोलाउने निर्णय

नेकपा स्थायी कमिटी बैठक १८ र केन्द्रीय कमिटी बैठक २५ गते बोलाउने निर्णय

३ कार्तिक, काठमाण्डौँ । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) सचिवालयको बैठकले मङ्सिर १८ गते स्थायी समिति र २५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले मंङ्सिर १३ गते पुनः सचिवालय बैठक बोलाउने, मंसिर १३ गतेको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक स्थितिबारे प्रस्ताव प्रस्तुत गर्ने र सचिवालयले उक्त प्रस्तावमाथि छलफल गर्ने निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्रीलाई राजनीतिक प्रतिवेदन लेखनका लागि बैठकले १० दिनको समय दिएको छ ।

यस्तै १८ गते स्थायी समितिको बैठक आयोजना भएको छ भने मंसिर १५ गतेका लागि तय भएको केन्द्रीय कमिटीको बैठक मंसिर २५ गते सरेको छ ।

यसअघि कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेपछि अध्यक्ष ओली पक्ष रुष्ट बनेको थियो । दाहालको प्रस्तावमाथि छलफल गर्न नसकिने ओली पक्षको अडान थियो । तर, आजको बैठकमा ओलीले दाहालले लगाएका आरोपको एक एक गरेर जवाफ दिने भन्दै त्यसको लागि दश दिनको समय माग्नुभएको थियो ।

आजको बैठकमा ओली उपस्थित हुनेबारे सुरुमा सचिवालयका सदस्यहरुले नै आशंका गरेका थिए । सचिवालय बैठक बस्ने समयमै ओलीले मन्त्रिपरिषदको बैठक राखेका थिए । तर, पछि मन्त्रिपरिषद बैठक एक घण्टा पर धकेलेर ओली सचिवालय बैठकमा सहभागी भएका थिए । वरिष्ठ नेता झलनाथ खनालले आजको सचिवालय बैठकमा प्रधानमन्त्री ओली आउनु नै ठूलो कुरा भएको बताउनुभयो ।

सचिवालय बैठकले पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक क्रमशः मंसिर १८ गते र मंसिर २५ गतेलाई तय गरेको छ । अब हुने सचिवालय बैठकदेखि केन्द्रीय कमिटी बैठकसम्म पुग्दा ओलीले दुईमध्ये एक पद छोड्नैपर्ने अडानमा दाहाल र वरिष्ठ नेता माधव कुमार नेपाल समूह छ ।

दाहाल नेपाल समूहका नेताहरुले ओली बैठकबाट भागेको आरोप लगाउँदै आएका थिए । तर, यसपटक भने ओलीले तीन वटै निकायमा आफू छलफल गर्न तयार रहेको प्रतिबद्धता जनाउँनुभयो । यसको लागि उहाँले आफूनिकट नेताहरुसँग आन्तरिक छलफल तथा परामर्शसमेत गर्नुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर