मन्त्रिपरिषद् बैठक एक घण्टापछि सर्यो

मन्त्रिपरिषद् बैठक एक घण्टापछि सर्यो


३ कार्तिक, काठमाण्डौँ । आज दिउँसो एक बजे बोलाइएको मन्त्रिपरिषद् बैठक एक घण्टाका लागि सरिएको छ । नेकपाको सचिवालय बैठक बस्ने समय नै पारेर मन्त्रिपरिषद् बैठक बोलाइएको थियो ।

तर, केही समय अगाडि मन्त्रीहरुलाई बैठक एक घण्टा सरेको जानकारी गराइएको छ । गत शुक्रबार शुरु भएको सचिवालय बैठकले आज एक बजे बैठक बस्ने समय तय गरेको थियो । त्यही समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको थियो ।

मन्त्रिपरिषद् बैठक स्थगित भएपछि अब पहिले सचिवालय बैठक बस्नेछ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जाल मार्फत सचिवालय बैठक निर्धारित समयमा बालुवाटारमा बस्ने जानकारी दिइसक्नुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर