२९ कार्तिक, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यलय शीतल निवास पुग्नुभएको छ ।
उहाँ राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न आज साँझ शीतल निवास गुग्नुभएको हो । राष्ट्रपतिसँग भेटबारे भने केही खुलेको छैन । तर नेकपाभित्र विवाद उत्कर्षमा देखिदा प्रधानमन्त्री शीतल निवास जानुलाई महत्वका साथ हेरिएको छ ।
शुक्रबार शुरु भएको नेकपाको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गम्भीर आरोप–प्रत्यारोपका पत्र पेश भएको छ । प्रचण्डले पेश गरेको पत्रप्रति प्रधानमन्त्री निकट नेताहरुले चर्काे आपत्ति जनाइरहेका छन् ।
आज दिउँसो प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग यसबारे बालुवाटारमा छलफल गर्नुभएको थियो ।
राष्ट्पति विद्यादेवी भण्डारीले समेत नेकपामा खटपट आउने वित्तिकै चासो लिएर नेताहरुलाई निवासमा बोलाउने र सम्झाउने गर्दै आउनुभएको छ ।
राष्ट्रपतिको यो भूमिकाप्रति चर्काे विरोध समेत हुने गरेको छ । नेकपामा बैठक नै राख्न नमान्ने केपी ओली र बैठकको माग गर्ने नेताहरुबीच केही समय चर्काे विवाद देखिएको थियो ।