कोरोनाविरूद्धको खोप आयातका लागि कानुनी अध्यादेश तयार

कोरोनाविरूद्धको खोप आयातका लागि कानुनी अध्यादेश तयार

२८ कार्तिक, विराटनगर । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाविरूद्धको खोप आयातका लागि कानुनी अध्यादेश तयार भएको बताउनुभएको छ । कोरोनाविरूद्धको खोप परीक्षण सफल हुनासाथ नेपालमा आयातका गर्न कानूनी समस्या नहोस् भनेर अध्यादेश तयार गरिएको उहाँले बताउनुभएको हो ।

विराटनगरमा कोशी अस्पताल र प्रदेश–१ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सक्रियतामा निर्माण भइरहेको ‘नागरिक केयर सेन्टर’को स्थलगत निरीक्षणपछि मन्त्री ढकालले सो कुरो बताउनुभएको हो ।

देशभरका अस्पतालहरुमा सुविधा सम्पन्न तीन हजार ५ सय शय्या थप्न लागेको समेत उहाँले जानकारी पनि दिनुभयो । तीन हजार ५ सय सुविधासम्पन्न शय्यामध्ये दुुई हजार काठमाडौं उपत्यकामा र बाँकी देशका विभिन्न स्थानमा स्थापना गरिने उहाँको भनाई छ । शय्या थपिएपछि अस्पतालहरूको सेवा थप प्रभावकारी हुने उहाँको विश्वास छ ।

कोभिड रोकथाम र नियन्त्रणको कामसँगै स्वास्थ्य क्षेत्रको सुधारका लागि धेरै कामहरू भैरहेको भन्दै उहाँले अहिलेसम्म एउटा पनि अस्पताल नभएका ६४९ स्थानीय तहमा न्यूनतम पाँच शय्ययाको अस्थायी अस्पताल निर्माणका लागि बजेट पठाइसकेको जानकारी पनि दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270