प्रचण्ड निवास खुमलटारमा पाँच शिर्ष नेताको गोप्य छलफल

प्रचण्ड निवास खुमलटारमा पाँच शिर्ष नेताको गोप्य छलफल


२७ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यले भोलि (शुक्रबार)को सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएको बुझिएको छ ।

आज नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा भएको बहुमत सचिवालय सदस्यबीचको छलफलले सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएको छलफलमा सहभागी एक नेताले बताए ।

भोलिको बैठकलाई लिएर खुमलटारमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो । उपाध्यक्ष गौतम छलफलमा केही ढिलो पुग्नुभएको थियो ।

लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन राजी भएपछि शुक्रबार अपरान्ह ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको छ । मंगलबार अध्यक्ष प्रचण्डसहित हुमत सचिवालय सदस्यको अनौपचारिक छलफलले बिहीबार बैठक बस्ने निर्णय गरेको थियो ।

यस्तै उपाध्यक्ष वामदेव गौतमले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग आज छुट्टै भेटवार्ता पनि गर्नुभएको छ । भोलि अपरान्ह ४ बजे सचिवालयको बैठक तय भएपछि दाहालनिवास खुमलटारमा भेला भएका सचिवालयका पाँच सदस्यहरुको छलफललगत्तै गौतमले अध्यक्ष दाहालसँग एक्लाएक्लै भेटवार्ता गरेका हुन् ।

स्रोतका अनुसार पार्टीभित्रको आन्तरिक विवाद हल गर्ने सवालमा भोलि बस्न लागेको सचिवालय बैठकमा सचिवालयका पाँचै जना सदस्यहरु भोलि एकमतले प्रस्तुत हुने सहमति भएको छ । गौतमले भने दाहालसँग एक्लै भेट्नुको कारण पार्टीको विवाद मिलाउनको लागि विशेष प्रस्ताव गरेको हुनसक्ने पनि अनुमान गरिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर