
२७ कार्तिक, इलाम । चुलाचुली गाउँपालिका २ नम्बर वडा कार्यलयले कृषकहरुलाई दुई लाख ५० हजार मुल्य बराबरको आलु तथा मकैको बिउ बितरण गरेको छ ।
आर्थिक बर्ष ०७७/०७८ मा वडा कार्यलयद्धारा कृषि तथा पशुपालन शीर्षकमा बिनियोजित रकमबाट स्थानिय ६ सय ११ घर परिवारलाई उन्नत जातको आलु तथा मकैको बिउ बितरण गरिएको वडा नं. २ का वडाध्यक्ष रनबहादुर लिम्बुले जानकारी दिनुभयो । पाँच वटा टोल विकास संस्था रहेको यस वडामा गत कार्तिक २० गते देखी सुरु गरिएको बिउ बितरण कार्यक्रम बुधबार सम्पन्न भएको हो ।
चुलाचुली–२ मा सामुहिक खेती गरिरहेका उद्धमशिल कृषि समुह, पौरखी कृषि समुह र जनजागरण कृषि समुहलाई पनि यस कार्यक्रमले समेटेको वडा सदस्य राधिका भुषालले बताउनुभयो ।
किसानको २५ प्रतिशतको लागत साझेदारीमा संन्चलित यो कार्यक्रममा प्रती घर ५ केजी रु १०० का दर ले ६११ घरलाई तीन हजार ५५ केजी आलुको बिउ बितरण गरिएको छ । यो भन्दा अघाडी कारितास नेपालले संन्चालन गरेको कार्यक्रममा नपरेका वडाका किसानहरुलाई प्रती किसान २ केजी प्रती केजी रु १३० का दरले मकैको बिउ पनि बितरण गरिएको छ ।
चुलाचुली २ वडा कार्यलयले बर्षेनी किसान लक्षित कार्यक्रम संन्चालन गर्दै आएको छ । यो भन्दा अघाडी आफ्नो वडाको बजेट मार्फत किसानहरुलाई कृषि चुना , आलु, मकै तथा धानको बिउ बितरण गर्ने देखी लिएर आफ्नो वडाका किसानहरुको माटो परिक्षण गर्ने काम सम्पन्न गरिसकेको छ ।



सूचना विभाग दर्ता नंः १८२३/०७६-७७