
२६ कार्तिक, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख भन्दा माथि पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज २ हजार ५ सय ६९ संक्रमित थपिएपछि कूल संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको जानकारी दिनुभयो ।
आज १० हजार ८१ वटा नमूनाको रियल टाईम पिसिआर परीक्षण गर्दा काठमाडौ उपत्यकामा १ हजार २ सय ६१ जना सहित देश भरमा जम्मा २ हजार ५ सय ६९ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो ।
आज काठमाडौका ९ सय ७६, ललितपुरका २ सय ४ र भक्तपुरका ८१ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी आज थप १ हजार ६ सय ६६ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।
यो संगै नेपालमा हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या १ लाख ६२ हजार २ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी आज देश भरमा गरी ३८ हजार ९ सय १२ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
सक्रिय संक्रमित मध्ये २८ हजार ३ सय ९३ जना होम आइसोलेसन तथा १० हजार ५ सय १९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएसँगै मृतकको संख्या ११७७ पुगेको हो । यस्तै पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको पीसीआर परीक्षण भएको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७