उदयपुरका खोला निषेधित क्षेत्र घोषणा

उदयपुरका खोला निषेधित क्षेत्र घोषणा

२६ कार्तिक, उदयपुर । उदयपुरमा पछिल्लो समय कोरोना महामारीको संक्रमण बढ्दै गएपछि जिल्ला कोरोना महामारी संकट व्यवस्थापन समिति उदयपुर(डसिसीएमसी)ले जिल्लाका सबै खोलालाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

चाडपर्वलाई लक्षित गरी आइतबार बसेको डिसिसीएमसीको बैठकको निर्णय सोमबार सार्वजानिक गर्दै प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले मङ्सिर ५ र ६ गतेसम्म जिल्लाका सबै खोलालाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी दिनुभयो ।

चाडपर्वमा धेरै भिडभाड हुने र संक्रमण ह्वात्तै बढ्न सक्ने भएकाले बैठकले मङ्सिर ५ गते शुक्रबार दिउँसो ३ बजेदेखि ६ गते शनिबार विहान ८ बजेसम्मका लागि सदरमुकाम आसपासका त्रियुगा, बरुवा, फर्सेट, मुर्कुचीको छौंडिया, कटारीको तावाश्री लगायतका सबै खोलालाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर