२५ कार्तिक, काठमाण्डौँ । आज कोरोना भाइरसका थप २७ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ९९ हजार ७ सय २० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ८ सय ५३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ६० हजार ५ सय ७७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
यससँगै अब देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३५ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११४८ पुगेको मन्त्रालयको जनाएको छ ।