आज थपिए २५७१ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु

आज थपिए २५७१ जना कोरोना संक्रमित, १८ जनाको मृत्यु

२४ कार्तिक, काठमाण्डौँ । बितेको २४ घण्टामा देशभर दुई हजार पाँच सय ७१ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यसमा काठमाडौ उपत्यकाका मात्र एक हजार चार सय २८ रहेका छन् ।

देशभरका विभिन्न प्रयोगशालामा ११ हजार एक सय ७७ जनामा पिसिआर परिक्षण गर्दा एक हजार ५१ महिला र एक हजार पाँच सय २० पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना महामारीबाट आज प्रदेश–१ मा तीन सय नौ जना, प्रदेश–२ मा ६३, वागमती प्रदेशमा एक हजार छ सय २०, गण्डकी प्रदेशमा दुई सय १६, लुम्विनी प्रदेशमा एक सय ७६, कर्णाली प्रदेशमा २० र सुदुरपश्चिम प्रदेशमा एक सय ६७ जना संक्रमित थपिएका भएका छन् ।

यो सँगै नेपालमा हालसम्म कोरोना भाईरसबाट संक्रमित हुनेको संख्या एक लाख ९७ हजार २४ पुगेको छ ।

यस्तै कोरोना भाईरसका संक्रिय संक्रमितमध्ये २९ हजार आठ सय ३६ जना होम आईसोलेसनमा छन् भने गम्भिर लक्षण देखिएका चार सय ११ जनाको आई.सी.यू र ८३ जनाको भेण्टिलेटरमा उपचार भईरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज एक हजार सात सय ९८ जना कोरोना भाईरस संक्रमणबाट मुक्त भएसँगै हालसम्म संक्रमणबाट निको हुनेको संख्या एक लाख ५९ हजार ७ सय २४ पुगेको छ ।

यता कोरोना संक्रमणका कारण आज थप १८ जनाको मृत्यु भएको छ । यससंगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार एक सय २६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270