भारतीय सेना प्रमुख नरवणे बुधवार नेपाल आउँदै, स्वागतको तयारी

भारतीय सेना प्रमुख नरवणे बुधवार नेपाल आउँदै, स्वागतको तयारी


१८ कार्तिक, काठमाण्डौँ । नेपाल भ्रमणमा बुधवार नेपाल आउन लागेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेलाई स्वागतको तयारी सुरु भएको छ । सेनाअध्यक्ष नरवणेको नेपाल भ्रमण जनवरी २०२० मा नै हुने तय भएको थियो तर कोरोना महामारीका कारण ढिलाइ भएको भएको हो ।

नेपाली सेनाको मनार्थ सेनापतिको उपाधि लिनका लागि उनी नेपाल आउन लागेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाल सेनाको मनार्थ सेनापति लिइसकेपछि उनले विभिन्न उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यसअघि भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयल नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गएपछि नरवणेको भ्रमण हुन लागेको हो । त्यसले गर्दा यो भ्रमणलाई विशेष रुपमा लिइएको छ । नेपालको राजनीति अवस्था पनि विशेष परिस्थितिमा रहेको बेला उनको यो भ्रमण हुन लागेको हो । त्यसले गर्दा टिकाटिप्पणी पनि त्यसरी नै हुन थालेको छ ।

नरवणेको भ्रमण विशेष चर्चामा रहेको हुनाले उनको सुरक्षा अवस्थालाई पनि कडा बनाइएको भारतीय दूतावास स्रोतले जनाएको छ । उनको सुरक्षा अवस्थाको बारेमा सुक्ष्म अध्ययन गरी सुरक्षा रणनीति बनाइरहेको बताइएको छ । उनको सुरक्षा नेपाली सेना र भारतीय सेना दुवैले दिने बताइएको छ ।

उनको सुरक्षाको रणनीति नेपालस्थित भारतीय दूतावासमा रहेका डिफेन्स विंग्सले बनाइरहेको छ । उनको कार्यक्रमको सम्पूर्ण कार्यसूची सोही विङ्ग्सले हेरिरहेको बताइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर