ओली–दाहालबीच वार्ताको पहल, दोस्रो तहका नेता सक्रिय

ओली–दाहालबीच वार्ताको पहल, दोस्रो तहका नेता सक्रिय


१८ कार्तिक, काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज साँझसम्म वार्ता हुने तयारी सुरु भएको छ । पछिल्लो समय नेकपाभित्र आन्तरिक विवाद चर्केकेको समयमा दुई अध्यक्षबीच वार्ता गराएर पार्टी एकता जोगाउन दोस्रो तहका नेताहरु सक्रिय भएका छन् ।

अध्यक्षद्धय ओली र दाहालबीच संवादहिनता तोड्न नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सक्रिय हुनुभएको छ । उहाँले संञ्चारकर्मी संग कुरा गर्दै उहाँले दुई अध्यक्षजीबीच आजै वार्ता हुने बताउनुभयो । त्यसको लागि आफू विहानैदेखि सक्रिय भएको समेत उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘आज विहान मैले प्रधानमन्त्रीजीसँग कुरा गरेको छु, अब अर्का अध्यक्ष प्रचण्डजीसँग पनि कुरा गरेर आजै उहाँहरुबीच वार्तामा बस्नेगरि गृहकार्य भैरहेको छ ।’

यसअघि दाहालनिकट स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पनि दुई अध्यक्षबीच आजै वार्ता हुने संकेत गरिसकेका छन् ।

स्रोतका अनुसार हिजोपनि दुई अध्यक्षबीच टेलिफोनमा सम्वाद भएको थियो ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीको निर्णय नमानेको र एकलौटी गरेको भन्दै अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ असन्तुष्ट हुनुहुन्छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर