१८ कार्तिक, झापा । कोरोना महामारीको संक्रमण दर बढीरहेकाले समुदाय–प्रहरी साझेदारी समिति दमकले सचेतना मुलक कार्यक्रम शुरु गरेको छ ।
प्रहरी साझेदारी समितिको टोलीले दमक–८ स्थित बिभिन्न पसलहरुमा पुगेर कोरोना भाइरसबाट बच्न सल्लाह दिदै सचेतना कार्यक्रम गरेको छ । टोलीले प्रत्येक पसलहरुलाई माक्स, सेनीटाइजरको प्रयोग, पसल अगाडी हात धुने साबुन पानीको ब्यवस्थापन गर्न पनि अनुरोध गरेको टोलीमा सहभागी इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक मौसम उदासले जानकारी दिनुभयो ।
सर्वसाधारण नागरिक पसलहरु कोरोना महामारी प्रति सजक हुन पनि अनुरोध गरेको टोलीमा सहभागी प्रहरी साझेदारी समितिको सदस्य मोहन बोगटीले बताउनुभयो ।
प्रहरी साझेदारी समितिका पदाधिकारी, सदस्यहरु, सामाजिक संघ संस्थाका प्रमुख प्रतिनिधिहरु सहभागी टोलीले भोली पनि बढी भीडभाड हुने बजारका विभिन्न पसलहरुको अनुगमन साथै सचेतना कार्यक्रम गर्ने प्रहरी साझेदारी समिति दमकका सदस्य तथा सामाजिक अभियान्ता सुरेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।