आज थपिए ३७९० जना कोरोना सङ्क्रमित, १८ जनाको मृत्यु

आज थपिए ३७९० जना कोरोना सङ्क्रमित, १८ जनाको मृत्यु


३ कार्तिक, काठमाण्डौँ । आज देशभर तीन हजार ७९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख ३६ हजार ३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप दुई हजार ३८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै आज देशभर दुई हजार ३३५ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या ९४ हजार पाँच सय १ जना रहेको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

त्यस्तै आज देशभर १८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण मृत्यु हुनेको कुल सख्या सात सय ५७ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर