सरकारको प्रवक्ताको जिम्मेवारी संञ्चारमन्त्री गुरुङलाई

सरकारको प्रवक्ताको जिम्मेवारी संञ्चारमन्त्री गुरुङलाई

३ कार्तिक, काठमाण्डौँ । संञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङलाई सरकारको प्रवक्ता तोकिएको छ । मन्त्रिपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बालुवाटार स्रोतको भनाई छ ।

गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिने तयारी छ । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारको प्रवक्ता हुनुहुन्थ्यो । गुरुङ वर्तमान सरकारका चौथो प्रवक्ता हुनुहुन्छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट गुरुङलाई गएको असोज २८ मा संञ्चार मन्त्रालयको जिम्मेवारी दिएपछि प्रवक्तासमेत तोकिनुभएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर