३ कार्तिक, सुनसरी । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक पुरुषको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका २० का ७८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मत्यु भएको हो ।
आज बिहान ३ः०५ मा उनको मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो ।
प्रवक्ता श्रेष्ठका अनुसार असोज १९ गते अस्पताल भर्ना भएका उनमा एक दिन अघि कोभिड–१९ पुष्टि भएको थियो । उपचारकै क्रममा कार्तिक १ गते परीक्षण गर्दा परिणाम पोजेटिभ नै देखाएको थियो ।