सर्लाहीमा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप

सर्लाहीमा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप


२८ असोज, सर्लाही । सर्लाहीमा नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आफ्नो कार्यकर्ताको हत्यारालाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय परिसरमा प्रदर्शन गर्न गएका कांग्रेसका नेताकार्यकर्ता र प्रहरीबीच आज दिउँसो झडप भएको हो ।

ठुलो संख्यामा आएका कांग्रेसका नेता एवंम कार्यकर्ता जिल्ला प्रहरी कार्यालयभित्र प्रवेश गर्न खोजेपछि झड्प भएको पहरीले जनाएको छ ।

कांगे्रसका कार्यकर्ता आउनबित्तिकै ढुङ्गामुडा गर्न थालेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी एवं प्रवक्ता मदन कुँवरले भन्नुभयो । उनीहरुले प्रहरी कार्यालयको झ्यालका सिसासमेत फुटाइदिएपछि बल प्रयोग गर्नुपरेको उहाँको भनाई छ ।

भिडलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ३१ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ ।

दुवै पक्षको झडपमा डीएसपीसहित प्रहरीतर्फ २२ जना घाइते भएका छन् । यस्तै प्रदर्शनकारीतर्फ पनि २० भन्दा बढी व्यक्ति घाइते भएको प्रदेश सांसद वीरेन्द्र सिंहले जानकारी दिए ।

प्लेकार्डसहित प्रदर्शनकारी जिल्ला प्रहरी कार्यालय गएका थिए । उनीहरुले रामनगर गाउँपालिका वडानम्बर ७ मा हत्या गरिएका महेन्द्र रामको हत्यारालाई कारबाही गर्नुपर्ने, रामलाई शहीद घोषणा गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग रोखका छन ।

कांग्रेसका नेताहरुले शान्तिपूर्ण प्रदर्शन गर्दा प्रहरीले एक्कासी बल प्रयोग गरेको दाबी गरेका छन्न् ।

प्रतिक्रिया:

सम्बन्धित खवर