अनसनरत डा.केसीसँग वार्ता गर्न समिति गठन

अनसनरत डा.केसीसँग वार्ता गर्न समिति गठन


२१ असोज, काठमाण्डौँ । सरकारले २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता समिति बनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेका शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिनुभयो ।

चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित विभिन्न माग राख्दै अनशनरत केसीसँग वार्ता गर्न वार्ता टोली गठन गर्न चिकित्सक संघले दिएको ७२ घण्टे अल्टिमेटम बुधबार नै सकिएको थियो ।

डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा नै गरेको थियो । संघले बुधबार एकले एक विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको केही समयमै सरकारले वार्ता टोली गठन गरेको हो ।

संघले बिहीबार बिहान ९ देखि ११ बजे सम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिष्कार गर्ने निर्णय गरेको थियो ।

यस्तै संघका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्य संस्था वा अस्पतालहरुको प्रांगढमा जनस्वास्थ्यको मापदण्ड अपनाई सामाजिक दुरी कायम गर्दैैै धर्ना दिने कार्यक्रम पनि तय गरेको विज्ञप्तिमा जनाएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर