२१ असोज, झापा । झापाको मेची प्रादेशिक अस्पतालमा कोरोना संक्रमणका कारण एक जना शिशुको मृत्यु भएको छ । भद्रपुर–८ का दुई महिने शिशुको मृत्यु भएको हो ।
आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेका थिए । तर, त्यसको तीन घण्टापछि कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो । शिशुमा निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएपछि मंगलबार बिहान अस्पताल भर्ना गरिएको थियो ।
शिशुमा कोरोनाको लक्षण देखा परेपछि दिउँसो १२ बजे स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ । स्वाब लिएको ६ घण्टाभित्रै शिशुको उपचारको क्रममा मृत्यु अस्पताल प्रशासनले जनाएको छ ।