आज थपिए १५ सय ५१ जना कोरोना संक्रमित

आज थपिए १५ सय ५१ जना कोरोना संक्रमित


२० असोज, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसका आज १५ सय ५१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ९० हजार ८ सय १४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको हो ।

प्रवक्ता गौतमका अनुसार अनुसार संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १०१७ जना रहेका छन् ।

आजसम्म ६७ हजार ५ सय ४२ जना संक्रमणमुक्त भएका छन् । आज २३४० जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिनुभयो । आज ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको नियमित प्रेस ब्रिफिङमा बताईएको छ ।
हाल देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन् । जसमा संस्थागत आइसोलेसनमा ९ हजार ११८ र होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर