१९ असोज, झापा । झापा बिर्तामोडका एक जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको सम्पर्कमा रहेकाहरुको खोजी सुरु गरिएको छ ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनले शुक्रवार स्वाब परीक्षण गराएका थिए । आइतवार रिपोर्ट पोजेटिभ आएपछि उनको सम्पर्कमा रहेकाहरुको खोजी सुरु गरिएको बिर्तामोडको स्वास्थ्य शाखा प्रमुख ओम खड्काले जानकारी दिनुभयो ।
सङ्क्रमित पत्रकारको सम्पर्क एक्क सय जनाभन्दा बढीसँग भएको प्रारम्भिक जानकारी स्वास्थ्य शाखाले लिएको छ । सम्पर्कमा रहेकामा अधिकांश पत्रकार छन् ।
झापाको धुलावारीमा होटल मेची क्राउनले बुधवार आयोजना गरेको रात्रिभोजसहितको पत्रकार सम्मेलनमा ती पत्रकार पनि सहभागि थिए ।
पत्रकार सम्मेलनमा झापा, मोरङ र सुनसरीका ६० जनाभन्दा बढी पत्रकार सहभागी थिए ।
उनी संक्रमित भएपछि झापाका पत्रकारको पीसीआर परीक्षण गरिने भएको छ । नेपाल पत्रकार महासंघ झापाले होटलको पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुको मंगलबार विहान पीसीआर परीक्षण गरिने जनाएको छ ।