कोरोना संक्रमणबाट दमकका एक बृद्धको मृत्यु

कोरोना संक्रमणबाट दमकका एक बृद्धको मृत्यु

१७ असोज, झापा । झापामा कोरोना भाईरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । संक्रमणबाट दमक ७ की एक बृद्धा महिलाको आज विहान मृत्यु भएको हो । यो संगै झापामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नौं पुगेको छ ।

विराटनगरको कोशी कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६८ वर्षीया ती महिलाको आज विहान मृत्युु भएको हो । केहिदिन देखि ज्वरोसंगै श्वासप्रश्वासमा समस्या भएपछि उनी पाँचदिनदेखि कोभिड उपचार केन्द्रमा उपचारत थिइन् ।

यसअघि दमक–१ का एक ५८ बर्षिय संक्रमित पुरुषको पनि काठमाडौंमा उपचारका क्रममा मृत्युभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर