नेकपा सचिवालय बैठक स्थगित

नेकपा सचिवालय बैठक स्थगित


१७ असोज, काठमाण्डौँ । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ । आज अपरान्ह ४ बजेका लागि बोलाईएको बैठक स्थगित भएको हो ।

बैठक स्थगित भएको जानकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले अन्य पदाधिकारी तथा सदस्यहरुलाई जानकारी दिएको छ । आजको बैठकमा सरकारले गरेको राजदूत नियुक्ति, प्रदेश–५ को राजधानी तोक्ने विषय, मन्त्रिमण्डल पुर्नगठनलगायतका विषयमा छलफल हुने भएको थियो ।

आजको बैठकमा कतिपय नेताहरुले प्रधानमन्त्री ओलीप्रति तिव्र असन्तुष्टि जनाउने तयारी गरेका थिए ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर