निम्स नेशनलन हस्पिटलद्धारा सेवा विस्तार, स्पाइन शल्यक्रिया अब दमकमै

निम्स नेशनलन हस्पिटलद्धारा सेवा विस्तार, स्पाइन शल्यक्रिया अब दमकमै


१६ असोज, झापा । झापाको दमकमा रहेको निम्स नेशनलन हस्पिटल प्रा.लि.ले सेवाग्राहीका लागि थप सेवा विस्तार गरेको छ । अस्पतालले ढाडको नशा च्यापिएका बिरामीका लागि पनि स्पाइन शल्यक्रिया (कउष्लभ कगचनभचथ ) सुरु गरेको हो ।

बरिष्ठ हाडजोर्नी, घुँडा तथा नशा रोग बिशेषज्ञ डा. नविन कुमार सिंहको नेतृत्वमा दमक–४ का ४१ बर्षीय रेवत बहादुर दर्जीको ढाडको नशा च्यापिएको स्पाइन शल्यक्रिया (कउष्लभ कगचनभचथ) सफलरुपमा समपन्न गरिसकेको समेत अस्पतालले जनाएको छ ।

बिगत ३ महिनादेखि ढाडको नशा च्यापिएर बिरामी भएका दर्जीको गत असोज १४ गते सफल्तापूर्वक शल्यक्रिया गरिएको डा.सिंहले बताउनुभयो ।

यो किसिमको समस्याको पहिलोपटक निम्स हस्पिटलमा शल्याक्रिया सफल रुपमा सम्पन्न गरिएको उहाँले बताउनुभयो । ढाडको नशा च्यापिएको बिरामी बिराटनगर, धरान लगायत टाढाका मंहगा अस्पताल जानुपर्ने समस्या भएकोमा अब दमककै निम्स अस्पतालमा यसको भरपर्दाे उपचार सम्भव भएको डा. सिंहले बताउनुभयो ।

दर्जीको ढाडको नशाको शल्यक्रिया रु ६० हजारमा नै भएको बताइएको छ । यस्तो शल्यक्रिया झापामा विरलै मात्र हुने गरेको अस्पताल संञ्चालक समितिका अध्यक्ष बलभद्र कोईरालाले बताउनुभयो । दर्जीले दमकमा नै उपचार गर्दा आफुलाई धेरै राहत मिलेको समेत प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर