झापामा माईक्रोको ठक्करबाट एकको मृत्यु

झापामा माईक्रोको ठक्करबाट एकको मृत्यु

१० असोज, झापा । झापाको विर्तामोडमा माईक्रोको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । पाँचथरको याङ्बरक–३ का ५० बर्षीय वृखध्वज लिम्बुको माइक्रोको ठक्करबाट गएरातीमृत्यु भएको हो ।

झापाको बिर्तामोड–५ स्थितमा बा ४ ख ५१०० नम्बरको माइक्रो गाडीले सडकमा हिडिरहेका लिम्बुलाई ठक्कर दिदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ठक्कर दिने माईक्रो र चालक भद्रपुर नगरपालिकाका बाबुराम कट्टेललाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर