९ असोज, झापा । घरको छतबाट खसेर झापाको विर्तामोडमा बिहीबार राति एक १३ वर्षीया बालिकाको मृत्यु भएको छ ।
बिर्तामोड–५ स्थित एक घरको छतबाट खस्दा १३ बर्षीया कृतिका भण्डारीको मृत्यु भएको हो ।
राति १० बजेतिर खाना खाइसकेपछि घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा गम्भिर घाइते भएकी उनलाई उपचारार्थ स्थानीय अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
कृतिका ५ दिनअघि काठमाडौँबाट मावली घर झापामा आएकी थिईन् । मावली घरकै चार तलामाथिको छतबाट झरेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७