
६ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । दश दिनभित्र पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने निर्णय सहित आजको बैठकमा सम्पन्न भएको बताईएको छ ।
यसको जिम्मा अध्यक्षद्धय केपी शर्मा ओली, पुष्पकमल दाहाल र महासचिव विष्णु प्रसाद पौडेललाई दिईएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
त्यस्तै, आजको बैठकमा संवैधानिक तथा राजनीतिक नियुक्तीबारे सबैको सुझाव लिईएको छ । बैठकले सरकारलाई संवैधानिक आयोगमा नियुक्तीको लागि पनि आग्रह गरेको छ ।
गत चैज्ञ २६ गते बसेको स्थायी कमिटी बैठकले १ महिनाभित्र पार्टी एकताका सम्पूर्ण कामहरू सक्ने निर्णय गरेको थियो ।
नेकपा एमाले र माओवादी केन्द्र एकता भएको २८ महिना बितिसक्दा पनि सांगठनिक एकता हुन सकेको छैन ।
पार्टीका विभाग गठन भए पनि यसले पूर्णता पाएको छैन । भातृ संगठनको केन्द्रमा एकता भए पनि तल्ला कमिटीहरूमा एकता हुन सकेको छैन ।


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७