दमकमा दुई स्वास्थ्यकर्मीसहित थप १४ जनामा कोरोना संक्रमण

दमकमा दुई स्वास्थ्यकर्मीसहित थप १४ जनामा कोरोना संक्रमण

६ असोज, झापा । झापाको दमकमा आज दुई स्वास्थ्यकर्मीसहित थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
दमक नगरपालिका–५ का एकै परिवारका पाँच जनामा संक्रमण देखिएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमित हुने त्यस परिवारमा ८ वर्षका बालक पनि रहेका छन् । त्यस्तै दमक ४ , ७ र ८ वडाका ८ जना स्थानीयमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी दमक अस्पतालका दुईजना स्वास्थ्यकर्मीलाई पनि संक्रमण देखिएको छ । संक्रमित हुनेमा एक पुरुष र एक महिला स्वास्थ्यकर्मी रहेका छन् ।

शुक्रबार परीक्षण गरिएका १४० मध्ये १४ जनामा पोजेटिभ देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिनुभययो ।

प्रतिक्रिया:

सम्बन्धित खवर