५ असोज, सुनसरी । कोरोना संक्रमणका कारण विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आज एक महिलाको मृत्यु भएको छ ।
ताप्लेजुङ स्थायी ठेगाना भएकी ३७ वर्षीय महिलाको बिहान ९ः४५ बजे मृत्यु भएको हो ।
विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार मृतक महिलामा कलेजो सम्बन्धि गम्भिर समस्या थियो । मृतक महिला भाद्र ३० गते विराट मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।
महिलालाई आफन्तले सुरुमा नोबेल मेडिकल कलेजमा भर्ना गराएका नोबेलमा उपचारका क्रममा पोजेटिभदेखिएपछि विराटमा लगियएको थियो । विराटमा आइसीयूमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको बताइएको छ ।