दोलखाकी बालिका खड्का काठमाडौँको पेरिसडाँडाबाट पक्राउ

दोलखाकी बालिका खड्का काठमाडौँको पेरिसडाँडाबाट पक्राउ

४ असोज, काठमाण्डौँ । प्रहरीले काठमाडौँको पेरिसडाँडाबाट नेकपाकी कार्यकर्ता दावि गर्ने एक महिलालाई पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकका क्रममा जवजस्ती भित्र पस्न खोजेपछि दोलखाकी बालिका खड्कालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिनुभयो ।

झोला देखाउन आग्रह गर्दा नदेखाएर जबर्जस्ती जान खोजेपछि नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार खड्कालाई धर्नामा बस्न आएको र अन्य साथीसमेत आउन लागेको बताएपछि नियन्त्रणमा लिइएको हो । बालिकाको नाम यसअघि प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईसँग जोडिएको थियो । बालिकाले अहिले राईविरुद्ध हालेको मुद्दा भने फिर्ता लिईसकेकी छिन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर