४ असोज, काठमाण्डौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पहिलोपटक पेरिसडाँडामा सुरुभएको छ । पार्टी एकतापछि पहिलोपटक सचिवालय बैठक सुरु भएको हो ।
बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको हो । यसअघि नेकपाका महत्वपूर्ण बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएका थिए ।
बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीपनि सहभागी हुनुहुन्छ । दाहालको सचिवालयले जनाएअनुसार बैठक कक्षमा भौतिक दूरी कायम गरेर नेताहरुको आसनको व्यवस्था गरिएको छ ।
गंगा दाहालको फेशबुकबाट साभार तस्विर