स्वास्थ्य शुरक्षा अपनाउदैँ शिक्षा क्षेत्रलाई संञ्चालनमा ल्याउन सरोकारवालाहरुको जोड

स्वास्थ्य शुरक्षा अपनाउदैँ शिक्षा क्षेत्रलाई संञ्चालनमा ल्याउन सरोकारवालाहरुको जोड


४ असोज, इलाम । कोरोना भाइरस संक्रमणका कारण प्रभावित भएको शिक्षा क्षेत्रलाई स्वास्थ्य शुरक्षा सर्तकता अपनाउदैँ संञ्चालनमा ल्याउन इलामका सरोकारवालाहरुले बताएका छन् । वैकल्पिक विधिको प्रयोग गरेर भए पनि शैक्षिक शत्रलाई खेर फाल्न नहुने उनीहरुको भनाई छ ।

अनेरास्ववियू इलाम जिल्ला कमिटी इलामले संविधान दिवसको अवसरमा आयोजना गरेको ‘शिक्षा क्षेत्रमा कोभिड १९ ले पारेको असर र समाधानको उपाय’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले वैकल्पिक सिकाइलाई प्राथामिकता दिएका हुन् ।

अन्तकृयामा सहभागी एन प्याब्सनका दिपराज आङदेम्बेले माथिल्लो कक्षामा अनलाईन शिक्षण प्रभावकारी भएको र तल्लो तहका विद्यार्थीलाई भौतिक रुपमा नै पठन पाठन गराउने उचित हुने बताउनुभयो ।

प्याब्सनका अध्यक्ष विकास कर्मचार्यले कोभिडको माहामारीले नीजि विद्यालयहरुको अस्थित्वमानै धरापमा परेको बताउनुभयो । शैक्षिक शत्रलाई खेर जान नदिनको लागि वैकल्पिक सिकाई नै आवश्यक भएको उहाँले बताउनुभयो ।

सामुदायीक विद्यालयका प्रतिनिधि सोम निरौला भने कुनै न कुुनै रुपमा पठन पाठन थाल्नु पर्ने पक्षमा हुनुहुन्छ । थोरै विद्यार्थी भएका विद्यालयमा प्रत्यक्ष सिकाई नै ठीक हुने उहाँको भनाई छ ।
त्यस्तै सामुदायिक विद्यालयका प्रतिनिधि राजेन्द्र चौहानले पठन पाठन रोकिदा विद्यार्थीहरुमा आत्महत्या, डिप्रेसन बढेको बताउनुभयो । उहाँले बैकल्पिक शिक्षणलाई नै जोड दिनुभयो ।

सामुदायिक विद्यालयकै प्रतिनिधि प्रकाश खनालले बैकल्पिक शिक्षण भनेर ल्याइएको कतिपय कार्यक्रम झारो टार्ने मेलो मात्रै भएको प्रतिक्रिया दिनुभएको छ । रेडियो टेलिभिजन शिक्षण खासै उपलब्धी मुलक नभएको भन्दै उहाँले प्रभावकारी वैकल्पिक शिक्षणमा पालिकाहरुले पनि लगानी गर्नुपर्ने बताउनुभयो ।

जिल्ला अस्पतालका प्रतिनिधि डा. वैभव मल्लिकले कोरोना भाइरस सन् २०२१/०२२ सम्म रहनसक्ने अनुमान हुन थालेकाले सुरक्षाका मापदण्ड पुरा गरेर विद्यालय चलाउन सकिने बताउुभयो ।

अविभावक संघका अध्यक्ष सोम सुसेलीले भने प्रत्यक्ष रुपमा हुने पठन पाठन अहिले सम्भव नभएको बताउनुभयो । विद्यालयको गेट भित्रको मात्रै विद्यालयले जिम्मा लिएर भने बाटोमा केही भयो भने त्यसको जिम्मा अहिले कसले लिने उहाँको प्रश्न थियो ।

अनेरास्ववियूका केन्द्रीय सदस्य रविन्द्र सुवेदी भने कोरोनाले शैक्षिक क्षेत्रलाई नराम्रोसँग प्रभाव पारेको भए पनि यसको पुर्नसंरचनाको बहस थालनी भएको बताउँनुहुन्छ । उहाँले विभिन्न विकल्पको प्रयोग गरेर भए पनि प्रत्यक्ष पठन पाठनमा जोड दिनुभयो ।

जे.वि.लुङ्गेलीले भने विद्यार्थीलाई सधै सक्रिय राख्नको लागि जोरविजोर विधी अपनाएर भए पनि विद्यालय सञ्चालन गर्न सकिनेमा जोड दिनुभयो ।

कार्यक्रम अनेरास्ववियु इलामका अध्यक्ष प्रवेश पराजुलीको अध्यक्षता तथा जिल्ला सम्वनय समिति इलामका प्रमुख गणेश बरालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर