कुलमान घिसिङको पुनः नियुक्तीको माग गर्दे चुलाचुलीमा द्धिप प्रज्वलन

कुलमान घिसिङको पुनः नियुक्तीको माग गर्दे चुलाचुलीमा द्धिप प्रज्वलन


३ असोज, इलाम । इलामको चुलाचुलीका युवाहरुले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ती गर्न माग गरेका छन् । चुलाचुलीका युवाहरुको ‘सचेत युवा समुह’ले उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङलाई पुनः नियुक्तीको माग गर्दै दवाव स्वरुप चुलाचुली–४ आईतवारे बजारमा आज साझ द्धिप प्रज्वलन गरेका छन् ।

उक्त द्धिप प्रज्वलन कार्यक्रमको सन्दर्भमा चुलाचुलीका केही युवाहरुले आफ्ना भनाई समेत राखेका थिए । जसमा समाजसेवी सामाजिक अभियनता लोकनाथ पौडेल, सुबास आङ्थोपो, राजेन्द्र केरुङ, मिलन राई, मैत बहादुर तामाङ, जनक महरा लगायतले स्वतन्त्र रुपमा आ–आफ्नो बिचार राख्नुभएको थियो ।

सचेत युवा समूहका अभियन्ता सुदेश खाहुङ राईले कार्यक्रम सन्चालक गर्नुभएको थियो । चुलाचुली वडा न.४ वडा कार्यलयबाट समुहले शान्तिपुर्ण र्याली समेत निकालेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर