लकडाउनको विकल्प खोज्न झापाका व्यवसायीहरुको माग

लकडाउनको विकल्प खोज्न झापाका व्यवसायीहरुको माग

३ असोज, झापा । झापाका उद्योगी तथा नीजि क्षेत्रका प्रतिनिधिले सरकारलाई नागरिक आचारसंहिता तत्काल जारी गर्न सुझाव दिएका छन् । अब कुनै पनि ब्यपार ब्यवसाय बन्द गर्ने अवस्था नरहेको भन्दै यस्तो अवस्थामा नागरिकले पालना गर्नुपर्ने नियम सम्बन्धि आचारसंहिता तत्काल लागूगर्नु पर्नेमा जोड दिएका हुन् ।

संवाद समूह भापाले शुक्रवार बिर्तामोडमा आयोजना गरेको कार्यक्रममा नीजि क्षेत्रका ब्यवसायीले अब बन्दको विकल्प खोज्न जरुरी रहेको बताए । कोभिड–१९ ले व्यपार व्यवसायमा पारेको प्रभाव, समाधानका उपाय र आम नागरिकको स्वास्थ्य सुरक्षा विषयक छलफल कार्यक्रममा बोल्दै मेची डिस्ट्ब्युटर एशोसिएसनका अध्यक्ष राजेन्द्रकुमार थापाले अब कोरोना भाईरसबाट बच्ने र अप्नाउनुपर्ने सावधानी अप्नाउँदै ब्यपार ब्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

झापा उद्योग संघका अध्यक्ष टिकराज ढकालले कोरोनाका कारण ब्यपार ब्यवसाय बन्द हुदाँ आर्थिक मन्दि शुरु भएको बताउनुभयो । यो अवस्थामा सरकारले आर्थिक सहयोग गरेर ब्यवसायीहरुलाई आफ्नो ब्यवसायमा प्रोत्सहान गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल चेम्बर केन्द्रिय सदस्य राजेन्द्र घिमिरेले उद्योग ब्यवसाय खोल्दा आवश्यक सुरक्षा मापदण्डको पालना गर्नुपर्ने बताउनुभयो । नागरिक आफैंले आचारसंहिता बनाएर पालना गर्नु पर्ने भन्दै उहाँले नीजि क्षेत्रले आफैं आवश्यक सावधानी अप्नाएर उद्योग ब्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

बिर्तामोड उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष बलराम कार्कीले व्यपार ब्यवसाय ठप्प भएको ६ महिनाभन्दा धेरै भएकाले अब आवश्यक सुरक्षा मापदण्ड अप्नाएर ब्यवसाय सञ्चालनको विकल्प नरहेको धारणा ब्यक्त गर्नुभयो ।
नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीले श्रमिक, मजदुरहरुको स्वास्थ्यको विषयमा उद्यागीहरु सचेत बन्नुपर्नेमा जोड दिनुभयो । उहाँले बन्दको विकल्प खोजेर सुरक्षित रुपमा ब्यपार व्यवसाय सञ्चालन गर्नु भन्दै आवश्यक सावधानी अप्नाएर अघि नबढे मजदुरहरु झनै समस्यामा पर्ने बताउनुभयो ।

महिला चेम्बर झापा झापाकी अध्यक्ष प्रेमा भट्टराईले कोरोनाका काणर ब्यवसायीहरु समस्यामा परेको उल्लेख गर्नुभयो । उहाँले विशेष गरेर महिलाहरुले सञ्चालन गरेको ब्यवसाय झनै धरासायी बनेको र यो समयमा घरधनी र बैंकको ब्याजका कारण कसरी रकम जोहो गर्ने समस्यामा महिलाहरु पुगेको बताउनुभयो ।

कोरोना भन्दा आत्महत्या र डिप्रेसनको समस्या भयावह बनेका भन्दै यो विषयमा सरकारले बेलैमा सोच्नुपर्ने सहभागीहरुले बताए । अनावश्यक हिड्डुल बन्द गनुपर्ने भन्दै अब ग्रहाक र ब्यवसायी दुवै सचेत बन्नुको विकल्प नभएको पनि उनीहरुको भनाई थियो ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर