संविधान दिवसको अवसरमा राष्ट्रप्रमुखहरुद्वारा शुभकामना

संविधान दिवसको अवसरमा राष्ट्रप्रमुखहरुद्वारा शुभकामना

३ असोज, काठमाण्डौँ । आज असोज ३ गते संविधान दिवस । राजनीतिक परिवर्तपछि दोस्रो संविधानसभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा आज विविध कार्यक्रम गरेर देशभर यो दिवस मनाइँदैछ ।

संविधान दिवस मूल समारोह समितिको आयोजानमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभाका अध्यक्ष, सभामुख, संवैधानिक नियकायका प्रमुख, मन्त्रिहरु र विभिन्न राजनीतिक दलका नेता र सुरक्षा निकायका प्रमुखहरुको सहभागीता रहने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ को अवसरमा देशवासीका नाममा विशेष सम्बोधन गर्ने तयारी छ ।

दिवसका अवसरमा अहिले बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेश सल्लाहकार सुर्य थापाले बताउनुभयो ।

राष्ट्रपतिद्धारा शुभकामना व्यक्तः


संविधान दिवसका अवसरमा राष्ट्पति विद्यादेवी भण्डारीले नेपालीहरुलाई बधाई तथा शुभकामना सन्देश जारी गर्दै संविधानको मर्र्म र भावना व्यवहारमा कार्यन्वयन गर्न जोड दिनुभएको छ । राष्ट्पति भण्डारीले आफ्नो शुभकामना सन्देशमा वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभएको छ ।

सभामुखद्धारा शुभकामनाः


सभामुख अग्नि सापकोटाले संविधान दिवस, २०७७ को अवसरमा शुभकामना व्यक्त गदै संविधानमा भएका व्यवस्था कार्यान्वयन आजको महत्वपूर्ण कार्यभार भएकोले त्यसमा प्रभावकारी ढंगले लाग्नुपर्ने आवश्यकता औल्याउनुभएको छ ।

संविधान दिवसको शुभकामना सन्देश जारी गर्दै सापकोटाले संविधान एउटा गतिशील दस्तावेज भएको भन्दै यही संविधान अनुसार देश संघीय प्रणालीमा गएको र यसले स्थानीय तह र प्रदेश तहको संवैधानिक व्यवस्था गरेको बताउनुभएको छ ।

राष्ट्रियसभा अध्यक्षद्धारा शुभकामनाः


राष्ट्यिसभा अध्यक्ष गणेश तिमिल्सिना संविधान दिवसका अवसरमा शुभकामना शन्देश जारी गर्नुहुँदै नयाँ संविधानका आधारभूत विशेषताहरूको जगमा उभिएर नेपाली समाजमा रहेका राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक लगायत विविध समस्याहरूको उपयुक्त समाधान गर्दै वास्तविक जनताको घरघरमा लोकतन्त्रको अनुभूति हुने गरी कार्यभार पूरा गर्न सक्नुपर्ने बताउनुभएको छ ।

उहाँले त्यसो गर्न नसकिए जे सुकै नाम दिए पनि त्यो जनताको लोकतन्त्र बन्न नसक्ने र त्यो संविधान जनसंविधान पनि बन्न नसक्ने भन्दै मुलुकको नेतृत्व तथा शासन प्रतिनै जनताको अविश्वास बढेर जाने बताउनुभएको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर