वामदेव गौतमद्धारा राष्ट्रियसभा सदस्यको सपथ ग्रहण

वामदेव गौतमद्धारा राष्ट्रियसभा सदस्यको सपथ ग्रहण

१ असोज, काठमाण्डौँ । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले सपथ लिनुभएको छ । आज अपरान्ह साँढे चार बजे राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई सिंहदरबारस्थित राष्ट्रियसभाको कार्यकक्षमा पद तथा गोपनियताको सपथ खुवाउनुभएको हो ।

राष्ट्रपति भण्डारीले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गरेलगत्तै गौतमले सपथ लिनुभए हो । राष्ट्रपति भण्डारीले गौतमलाई संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम गौतमलाई मनोनित गर्नुभएको हो ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर