चुलाचुली स्थित रतुवा खोलामा एक वृद्धको शव फेला

चुलाचुली स्थित रतुवा खोलामा एक वृद्धको शव फेला


१ असोज, इलाम । इलामको चुलाचुली ५ चपेटी स्थित रतुवा खोलामा एक बृद्ध मृत फेला परेका छन् ।

बुकुवासिंचाई नहरको मुहान देखि अन्दाजी ५० मिटर तल खोलामा आज विहान वृद्धको शव फेला परेको हो ।

मृतक व्यक्ति माङ्सेवुङ गाउँपालिका वडा नं. ४ का ७३ बर्षिय राईबहादुर राई रहेको प्रहरी चौकी पेल्टीमारीका ईन्चार्ज जिवनकुमार कार्कीले जानकारी दिनुभयो ।

मृतक राई हिजो बेलुका नै घरबाट बेपत्ता भएका थिए ।

अहिले शव पोस्र्टमाटका लागि दमक स्थित दमक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

खोलाको ढुंगामा अड्किरहेको अवस्थामा ती वृद्धको शव स्थानियले आज विहान देखेर प्रहरीलाई खबर गरेका थिए ।

हिजो मात्र चुलाचुली २ स्थित चाजु खोलाको जम्दारे खहरेमा लिङ्ग पहिचान नै गर्न नसकिने कुहिएको शव बगाएर ल्याएको अवस्थामा फेला परेको थियो । शवलाई कानूनि प्रकृया पुरा गरेर धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा डि.एन.ए. परिक्षणका लागि पठाइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर